भारतीय वेश्यालयमा लगेर ६ लाखमा युवती बेच्ने पक्राउ

भारतीय वेश्यालयमा लगेर ६ लाखमा युवती बेच्ने पक्राउ

विभिन्न प्रलोभनमा देखाइ भारतमा बेच्ने मुख्य नाईके पक्राउ परेका छन् । धरान १७ बस्ने च्याङ हाङ राई भन्ने सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको हो । उनले भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा बिक्री गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीको भनाई छ ।

अभियुक्त राईले केही नेपाली युवतीलाई भारतको नयाँदिल्लीस्थित जिबी रोडमा रहेको वेश्यालयमा बेचेको पुष्टि भएपछि उनलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । प्रहरीले राईलाई धनकुटे रोडमा हिँडिरहेको अवस्थामा पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्