झापाको वीएण्डसी अस्पतालका दुर्गा प्रसाईं फेरी विवादमा ,पत्रकार अपशब्द बोल्दै धम्की

झापाको वीएण्डसी अस्पतालका दुर्गा प्रसाईं फेरी विवादमा ,पत्रकार अपशब्द बोल्दै धम्की

विनय तिम्सीना

इलाम माघ २  । नेपाल पत्रकार महासंघ इलाम शाखा र प्रेस युनियन इलामले वी एण्ड सी अस्पताल विर्तामोडका सञ्चालक दुर्गा प्रसाईंलाइ कार्वाही गर्न माग गरेको छ ।

अनशनरत डा गोविन्द केसीको मागप्रति असन्तुष्ट रहेका दुर्गा प्रसाइले पत्रकारलाई धम्की दिएको भन्दै उनलाइ कार्वाहीको माग गरिएको पत्रकार महासंघ इलाम शाखाले जनाएको छ । वी एण्ड सी अस्पतालका तर्फबाट डा केसीलाई भेट्न आएका चैतन्य मैनालीका बारेमा पत्रकारले टेलिफोनमार्फत संचालक प्रसाईंसँग बुझ्न खोज्दा अपशब्द बोल्दै अपमान गरेको पत्रकारहरुको भनाई छ ।

प्रसाईले कान्तिपुर संवाददाता विप्लब भट्टराई लगायतका पत्रकारलाई टेलिफोनमा गाली गर्दै धम्काएको प्रति महासंघ र युनियनले छुट्टाछुट्टै बिज्ञप्ती प्रकाशित गरि आपत्ति जनाएको छ ।

इलाममा अनशनरत डा गोविन्द केसीका मागप्रति असन्तुष्ट रहेका वी एण्ड सी अस्पताल विर्तामोडका संचालक दुर्गा प्रसाईंले भट्टराई लगायतका पत्रकारलाई धम्काएको घटनाले सिंगो पत्रकारिता जगतकै अपमान भएको पत्रकार महासंघ इलाम शाखाले निकालेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्