झापामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

झापामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

झापा, २ माघ ।  झापाको मेचीनगर नगरपालिका-७ पालिया पुल छेउमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।   पूर्वबाट पश्चिम तर्फ जादै गरेको  ना ३ ख ४३९३ नम्बरको तेलको ट्याङ्करले बाटो काट्दै गरेका भारत घर भई उक्त पुल छेउमा बस्दै आएका ४५ बर्षीय डेनीजोन शर्मालाई ठक्कर दिंदा  घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । ठक्कर दिने ट्याङकर र चालकलाई ईलाका प्रहरी कार्यालय धुलावारीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्