प्रदेश १को तेश्रो संसद अधिवेश माघ २० गते शुरु हुने, प्रदेशको नाम र राजधानी टुङ्गिएला ?

प्रदेश १को तेश्रो संसद अधिवेश माघ २० गते शुरु हुने, प्रदेशको नाम र राजधानी टुङ्गिएला ?

विराटनगर, २ माघ ।
प्रदेश १ को तेश्रो अधिबेशन माघ २० गते देखि शुरु हुने भएको छ । प्रदेश १ मन्त्री परिषदको बैठकले सदन अधिबेशन अब्हान गर्ने निर्णय गरेको हो । बुधवार बसेको बैठकले बिभिन्न ८ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए । उनका अनुसार, बैठकले प्रदेश १ को पर्यटन प्रवद्र्धन गर्न बनेको बिधेयकको स्वीकृती समेत प्रदान गरेको छ । प्रदेशको आम्दानीको श्रोतको रुपमा दिईएको कोशी रिफ्रेसमेन्ट परियोजनालाई ब्यवस्थित गर्न बजेट स्वीकृत गरेको कार्कीले जानकारी दिए ।
त्यस्तै सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रदेशेका योजना तथा कार्यक्रम कार्यान्वयन कायबिधि समेत बैठकले स्वीकृती गरेको छ । त्यस्तै भौतिक पुर्बाधार, आन्तरिक तथा कानुन मन्त्रालय, भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका केही निर्देशिका तथा कार्यबिधि समेत स्वीकृत गरेको प्रवक्त कार्कीले बताए ।
प्रदेश सरकारले यही अधिबेशनबाट पदेशको स्थायी राजधानी र नामको बिषय टुङ्गोमा पुर्याउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्