‘द भ्वाइस अफ नेपाल’ सिजन–२ सुरु ,डिजिटल अडिसन जारी

‘द भ्वाइस अफ नेपाल’ सिजन–२ सुरु ,डिजिटल अडिसन जारी

काठमाडौं । सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ को डिजिटल अडिसन सुरु भएको छ । सिजन–२ का लागि ‘द भ्वाइस अफ नेपाल’ले आजबाट डिजिटल अडिसन सुरु गरेको हो ।

डिजिटल अडिसनमा संसारका जुन सुकै देशमा बस्नेले पनि अडिसन दिन पाउने छन् । डिजिटल अडिसनबाट छानिएकाहरु ब्लाइन्ट अडिसनमा आउन पाउने छन् ।

“दूरदराजमा बस्ने आवाजका धनीहरुलाई डिजिटल अडिसनले मुलधारमा ल्याउने भूमिका खेलोस्,” ‘द भ्वाइस अफ नेपालले भनेको छ । सिजन वानमा भारतका विभिन्न ठाउँबाट नेपाली भाषी डिजिटल राउन्ड अडिसन हुँदै अघिल्ला चरणहरुमा पुगेका थिए ।

सिजन वानका १०८ जना ब्लाइन्ड अडिसनका लागि छनोट भएका थिए ।

सिजन वान सकिएको केही समयमै भ्वाइसले सिजन–२ सुरु गरेको हो । सिजन वानको विजेता पोखराका सिडी विजय अधिकारी भएका थिए ।

सिजन वान कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको ‘द भ्वास अफ नेपाल’को सिजन–२ भने हिमालयन टेलिभिजनबनट प्रशारण हुनेछ ।

हल्याण्डबाट सुरु भएको ‘द भ्वाइस’ विश्वका १९२ देशबाट प्रशारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्