राजविराजमा तनाब :अस्पतालमा चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै नाराबाजी

राजविराजमा तनाब :अस्पतालमा चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै नाराबाजी

शिवहरि भट्टराई

सप्तरी, माघ २ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले नाराबाजी गरेका छन् । छिन्नमस्ता गाउँपालिका–६ निवासी सहदेव सदाको बुधबार बिहान उपचारकैक्रममा मृत्यु भएपछि आफन्तले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

चिसो लागेर अस्पताल भर्ना गरिएका ५५ वर्षीय सदाको चिकित्सकले समयमै उपचार नगरिदिँदा मृत्यु भएको पीडित परिवारको आरोप छ । उनीहरुले अस्पतालको मुख्यद्वारमै टायर बालेर प्रदर्शन गरेका थिए भने त्यसक्रममा प्रहरीसित घम्साघम्सीसमेत भएको थियो ।

अस्पतालका निमित्त प्रमुख डा. रञ्जितकुमार झाले सिकिस्त अवस्थामा अस्पताल ल्याइएका सदाको उपचारकैक्रममा मृत्यु भएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्