धनकुटामा कठ्याङ्गरिेने जोडोमा इन्दिराको धमाकेदार प्रस्तुति

धनकुटामा कठ्याङ्गरिेने जोडोमा इन्दिराको धमाकेदार प्रस्तुति

धनकुटा माघ २ , खुकुरी म्युजिक टुरको अवसरमा धनकुटाको बसपार्कमा विशेष कन्सर्ट आयोजना गरिएको छ ।

लोकप्रिय गायिका इन्दिरा जोशी र हास्य कलाकार सन्दिप क्षेत्रीले आफ्नो सुरुवाती प्रस्तुतिसँगै सनिबार साूझ अबेरसम्म पौषको चिसो कठ्याङ्गरिेने  जोडो भएपनि धनकुटाको धनकुटेलीहरुलाई पसिना आउने गरी कम्मर मर्काइ मर्काइ नचाए ।

‘सवारी साधन चलाउूदा मादक पदार्थ सेवन नगर्रौ’ भन्ने सन्देशका लिएर कलाकार समुह धनकुटा पुगेको थियो । म त मर्छुकी क्या हो ठुली... गाइरहुदा सयौँको संख्यामा उपस्थित दर्जकले उनी सँगसँगै गाएर साथ दिएका थिए ।

उनको अर्को चर्चित गीत ‘घुम्न जाँउ मोटरसाइकलमा...’ ले पनि धनकुटेहरुलाई निकै ततायो । कन्सर्ट स्थल धनकुटाको बस स्टेशनमा दर्शकको खचाखच भिड लागेको थियो ।

हास्य कलाकार सन्दिप क्षेत्रीले समसामयिक प्रसङ्गका हास्य प्रहसन प्रस्तुति दिए । यस्तै अन्य कलाकारले पनि गीत प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्