विराटनगरको एनसीसी बैंकमा ऋण बुझाउन जादाँ ऋणी माथि कर्मचारीद्वारा दुर्व्यवहार

विराटनगरको एनसीसी बैंकमा ऋण बुझाउन जादाँ ऋणी माथि कर्मचारीद्वारा दुर्व्यवहार

प्रेम देवान, ओवी ।
विराटनगर, २ माघ । विराटनगर ७ मा रहेको एनसीसी बैंकबाट लिएको कर्जा बुझाउन गएका एक ऋणीलाई बैंक कर्मचारीले दुर्व्यवहार गरेकाे आराेप लगाएका छन् । विराटनगर ४ कंचनबारीमा बसोबास गर्दै आएका २८ बर्षिय वसन्त राजवंंशीलाई बैंकका कर्मचारीले दुर्व्यवहार गर्दै बाहिर निकालेकाे आराेप लगाएका हुन् ।

५ बर्ष अघि आफ्नी आमा सनकुमारी राजवंशीले आफ्नो घर जग्गा बैंकमा राखेर ५ लाख ८० हजार रुपैयाँ तिर्न बुधबार वैकमा गएका बेला बैकले थर्काउँदै बाहिर निकालेको उनले आरोप लगाएका छन् । राजवशीले ओवीसँग कुरा भने ‘आमाले ५ वर्ष अगाडी जग्गा बै‌ँकमा धितो राखेर पैसा निकाल्नुभएको थियो । बैकबाट पैसा निकालेको लामो समय भइसकेको थियो, त्यही भएर म बुधबार  बैंकबाट लिएको ऋण तिर्न बैकमा गएको थिएँ मलाई त्यही बेलामा कुटे ।’
उनका अनुसार, बैंकले मलाई पहिले तेरो मामाले लिएको ऋण पनि तिर अनि मात्र तेरो आमाको पैसा चुक्ता हुन्छ भनेर थर्काउन थाल्यो । मेरो आमा र मामा विचमा बैंकको ऋणको सम्बन्धमा कुनै सरोकार नै नभएको अवस्थामा मलाई गाली गलौज गर्दै बैंकबाट धसारर्दै घिसार्दै बाहिर निकाले । यसको प्रमाण सबै सिसी क्यामारामा पनि छ यदि मबाट गल्ती भएको छ भने म कारबाही भोग्न तयार छु ।’ उनले बैकका कर्मचारीले अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेकोमा आपत्ती जनाउँदै कारबाहीको माग गरेका छन् । उनले ति कर्मचारीले माफी माग्नु पर्ने समेत उनको भनाई छ ।
के भन्छ बैक 
बुधबार एन सिसि बैंकमा भएको घटनाबारे बैक आफ्नो तर्फबाट गल्ती नभएको बताएको छ । बैंकका ऋण शाखा नविन तिवारीले आफूहरुको तर्फबाट सामान्य भनाभन मात्र भएको ओवीलाई बताए । ‘जो ऋणी थिए लामो समयसम्म पैसा तिर्न भनेर हामीले बारम्बार ताकेता गर्यौ उनीहरुले पैसा समयै नबुझाउँदा पनि हामी पर्खेर बयौँ, तिवारीले भने, तर अचानक बुधबार बैकमा उपस्थित भएका राजवशीले ठूलो – ठूलो स्वरमा कर्मचारी माथी नै अपशब्द प्रयोग गरेपछि दोहोरो भनाभन मात्र भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्