कटहरीका भट्टामा बालबालिका : प्रहरीद्वारा संचालक नियन्त्रणमा, ६ बालकाको उद्दार

कटहरीका भट्टामा बालबालिका :  प्रहरीद्वारा संचालक नियन्त्रणमा,  ६ बालकाको उद्दार

विराटनगर, २ माघ ।
मोरङ कटहरी गाउँपालिकाबाट ६ जना बालकको उद्दार गरिएको छ भने संचालकलाई निईटा भट्टाबाट बालकहरूको उद्दार गरिएको छ । कटहरी गाउपालिका वडा नं. ५ कृष्ण प्रणाम ईटा भट्टामा १६ बर्ष मुनिका ६ जना बालकको उद्दार गरेको हो । गैर कानूनी रूपमा श्रममा लगाईरहेको अवस्थामा उद्धार गरी पुर्वाञ्चल अनाथ आश्रम बिराटनगरमा पठाईएको छ ।
यसरी उद्दार गरिएकोमा भारत कुछविहार महग कुमार माताभाङ बस्ने मोपिदुल मियाको छोरा बर्ष १६ को रुवेल मिया, भारत छितेही बंगाल बस्ने चाँदकिशोर विश्वासको छोरा बर्ष १६ को कासन कुमार बिश्वास, भारत छितेही बस्ने चाँदकिशोर विश्वासको छोरा बर्ष १४ को राज कुमार बिश्वास, भारत बंगाल शितलखोशी बस्ने मसिदुल मियाको छोरा बर्ष १४ को काउछर आलम,भारत बंगाल गोलेनाहाटी बस्ने नजिरुल मियाको छोरा बर्ष ११ को रुवेल मिया र मोरङको भौडाहा बस्ने राजु सरदारको छोरा बर्ष १३ को मोहन सरदार रहेका छन् । त्यस्तै प्रहरीले ईटा संचालकलाई समेत नियन्त्रणमा लिएर श्रम कार्यालयमा बुझाएको छ ।
ईटा भट्टाका संचालक जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नम्बर ३ का ४७ बर्षिय फणिन्द्रबहादुर ढकाललाई आबश्यक कारबाहीको लागि श्रम तथा रोजगार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्