विराटनगर पिपलचोकका वृद्धा तथा बालबालिकालाई फाउन्डेशनको सहयोग

विराटनगर पिपलचोकका वृद्धा तथा बालबालिकालाई फाउन्डेशनको सहयोग

विराटनगर, २ माघ । विराटनगर ४ मा रहेको लक्ष्मी नारायण संस्कृति गोकुलममा रहेका वृद्धा तथा बालबालिकालाई इन्डिपेन्डेन्ट ह्यूम्यान फाउन्डेशनले न्यायो कपडा वितरण गरेको छ ।
इन्डिपेन्डेन्ट ह्यूम्यान फाउन्डेशनकी अध्यक्ष साबित्री आचार्यका अनुसार विराटनगर पिपल चोकमा रहेको लक्ष्मी नारायण संस्कृति गोकुलमका वृद्धा तथा बालबालिकालाई न्यायो कपडा वितरण गरिएको हो ।
फाउण्डेशनले बुधबार एक कार्यक्रम विच आश्रममा रहेका १० जना वृद्धालाई ब्लाङकेट र ३० जना बालबालिकालाई जाडोमा लगाउने ज्याकेट वितरण गरेका फाउण्डशनकी निर्देशक नमिता आचार्यले जानकारी दिईन् । फाउण्डेशनले आगलागी, बाढीपहिरो, स्वास्थ्य, शिक्षा, बालबालिका तथा महिला हिंसामा सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्