विराटनगरका मेयर पराजुलीकाे विकास अनुगमन, झाराे टार्नेकी परिणाम दिने !

विराटनगरका मेयर पराजुलीकाे विकास अनुगमन, झाराे टार्नेकी परिणाम दिने  !

विराटनगर, २ माघ। विराटनगर महानगरका मेयर भीम पराजुलीले विराटनगरमा भइरहेको विकास निर्माणका कार्यहरुको बुधवार अनुगमन गरेका छन् । समयसिमा भित्रै सडक निर्माण र कामहरुको अवस्था अध्ययन गर्न सडक अनुगमन गरिएको हो ।
महानगरभित्र ढल सहित  नाला र सडक निर्माणकाे  काम भइरहेको छ । सडक विस्तारका क्रममा मूख्य वाधक विजुलीको पोल बनेको छ । कतिपय स्थानमा समाजमा भएका जग्गा विवादले समेत सडक निर्माणमा ढिलाइ भइरहेको जनाईएकाे छ । विराटनगरमा सञ्चालित क्षेत्रीय विकास परियोजना अन्तरगत विराटनगरको विकासमा धेरै समस्या आउँदा पनि मेयरले चासाे नदिएकाे आराेप लाग्न थालेपछि मेयर अनुगमनमा निस्कन थालेका हुन्  । विकास निर्माणका वारेमा मेयर पराजुलीले कुन बाटो कति समय र कुन मितिमा सक्न सकिन्छ भनेर आयोजना कन्सलटेन्ट र इन्जिनियर संग समेत चासाे राख्न थालेकाे मेयरका सहयाेगीहरु बताउँछन्  । विराटनगर महानगर वार्ड नं ७ को सहिद मैदान छेउको सडक,नेपाल टेलिकम नजिकको गोहिली मार्ग, मोतिराम चोक छेउवाट जोडिएको सडक , इन्द्रमार्ग वार्ड नं ८को मधुमारापथ, भगवती मार्ग, व्यासाश्रम मार्ग, भक्ति मार्ग, भगवती चौक, धरमबाद रोड, वार्ड नं. ९ को चुलाचुली मार्ग, न्युरोमार्ग र वार्ड नं. १० को शाही मार्ग, प्रतिभा मार्ग सोमवारे हाट छेउ लगायतका  विभिन्न स्थानमा बनिरहेका सडकहरु कति गते र कुन महिना सम्पन्न गर्न सकिन्छ भनेर मेयर पराजुलीले  समय सिमाको समेत टिपोट गरेका छन् । अनुगमनका क्रममा मेयर पराजुलीले जनतालाई उत्तर दिन आफुले समयसिमा निर्धारण गरि टिपोट गरेको बताए । जनताले पनि हामी संग सोध्छन् मेयर पराजुलीले भने, कुन बाटो कहिले बन्छ ?
जन अपेक्षा अनुरुप महानगरको विकास गर्ने लक्ष्यका साथ आफु अगाडी बढिरहेको भन्दै मेयर पराजुलीले सम्पूर्ण नगरवासीको सहयोग आबश्यक रहेको औल्याए । अनुगमनका क्रममा परियोजनाका कन्सलटेन्ट इन्जिनियर हरेकृण्ण मण्डलले विराटनगर महानगरका अधिकांश सडकहरु निर्माणको अन्तिम तयारीमा रहेको बताए । अनुगमनका क्रममा वडाध्यक्ष निश्चल अर्याल , मधुवावु तिवारी , बिश्वनाथ भगत, माधवराज वाग्ले ,इन्जिनियर भरत न्यौपाने,घनश्याम काफ्ले लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्