यसरी चोरी हुन्छ, विराटनगरमा समसाँझै (हेर्नुहोस भिडियो)

यसरी चोरी हुन्छ, विराटनगरमा समसाँझै (हेर्नुहोस भिडियो)

प्रेम देवान , ओबि ।
विराटनगर, ३ माघ । विराटनगरमा पछिल्लो समय दुले चोरहरु बढ्दै गएका छन् । प्रहरीको जति नै सक्रियता बढे पनि चोरी घटना भने दैनिक घट्दै गएको छ । विराटनगरको मुटु जहाँ आम–मानिसको भिडभाड हुने ठाउँमा समेत चोरी भएको छ । विराटनगर ७ धाडेवा गल्लीमा रहेको लक्की ईलेक्ट्रोक्स पसलमा समसाँझै चोरी भएको हो ।
साउण्ड सिष्टम बनाउन आउने बहानामा दुई व्याक्तिले पसलमा रहेको नयाँ वुफर चोरी गरेर फरार भएका हुन् । चोरीमा संलग्न व्यक्तिहरुलाई भने २ दिन पछि मोरङ प्रहरीले पक्राउ गर्न सफल भएको छ । गत पुस ३० गते सोमबार बेलुकी दुई जना ब्यक्ति कालो खालको साउण्ड सिष्टम बनाउन भनेर पसलमा पुगेका थिए । तर उनीहरुले बनाउने बहानामा एक जनाले त्यहीँ साहुजीसँग कुराकानी गर्छन् र भुलाउछन् भने अर्का व्यक्ति पसलबाट निस्कन्छन् अनि पसलको बाहिर राखिएको वुफर चोरी गरि फरार हुन्छन् । चोरी भएको घटना पसलका साहुजीले थाहा पाउन साथ वडा प्रहरी कार्यलय विराटनगरमा उजुरी दिएका लक्की ईलोक्ट्रोनिक्सका संचालक मो.तहसिन हुसेनले बताए । करिब १० हजार मुल्य बराबरको नयाँ साउण्ड सिष्टम चोरी गरेको उनको भनाई छ । चोरी गर्ने विराटनगर त्रिमुती चोक बस्ने राजन आर्चय र बरगाछी बस्ने साजन सिंहलाई वडा प्रहरी कार्यलय विराटनगरबाट सादा पोसाकमा खटिएको टोलीले पक्राउ गरेको छ । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यलयमा राखेर अनुसन्धान भईरहेको डिएसपी धनास्याम श्रेष्ठले जानकारी दिए ।

चाेरीकाे यस्ताे भिडियाे

https://www.facebook.com/ourbrt/videos/2284227521795980/?eid=ARAucXSUNJShDWq6tdc1XSs40YdOP7F42OS1GiH7UAUeURt24cvrf5IIsg1bAle-NXoZMy8ESKx3y6C8

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्