धरानको मुख्य बजारमै सुविधासम्पन्न होटल सञ्चालन

धरानको मुख्य बजारमै सुविधासम्पन्न होटल सञ्चालन

धरान, ३ माघ । धरानको मुख्य बजारमै सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । १ करोड बढी लगानीमा धरान–७ स्थित होटल ‘सन्ध्या इन’को बुधवार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । यातायात मजदुर नेता रविन अधिकारीले करीब १ करोड १० लाख रुपैयाँको लागतमा उक्त होटल सञ्चालनमा ल्याएका हुन् । होटलको धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदी र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाले संयुक्त रूपमा उद्घाटन गरेको सञ्चालक अधिकारीले जानकारी दिए ।

होटलमा १३ ओटा एसी र ननएसी गेस्टरुम रहेको उनले बताए । यस्तै, ३० जना क्षमता भएको मिटिङ हल र ८० जना क्षमता रहेको पार्टी हल पनि रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्