ताप्लेजुङमा आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा युवा कारागारमा

<span class='c1'>ताप्लेजुङमा आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी</span> <span class='c2'>गरेको आरोपमा युवा कारागारमा</span>

ताप्लेजुङ ,माघ ३। आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

ताप्लेजुङ सिरिजङ्घा गाउँपालिकाका २० वर्षीय युवकलाई जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

गएको असोज ८ गते जबर्जस्ती करणी गरेको भन्दै उनकी श्रीमतीले जाहेरी दिएकी थिइन् । जाहेरीपश्चात् गत पुस ४ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउपश्चात् अनुसन्धान तथा कानूनी प्रक्रिया पूरा गरेपछि अदालतले मङ्गलबार थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्