विराटनगरमा व्यावसायिक स्ट्रेबेरी खेती गर्नका लागि गरिएको अनुसन्धान सफल

विराटनगरमा व्यावसायिक स्ट्रेबेरी खेती गर्नका लागि गरिएको अनुसन्धान सफल

विराटनगर, माघ ३ गते ।

व्यावसायिक स्ट्रेबेरी खेती गर्नका लागि विराटनगरमा शुरु गरिएको अनुसन्धान सफल भएको छ । तराईमा स्ट्रबेरी खेतीको सम्भावना अनुसन्धानका लागि ललितपुर महानगरपालिका १४ नखुडोलका युवा कृषकले गर्नुभएको प्रयोग सफल भएको हो । विराटनगर महानगरपालिका १२ बखरीमा नखुडोलका ३६ वर्र्षीय ससन टेवकोटाले गत कात्तिक २२ गते स्ट्रबेरी खेती थाल्नुभएको थियो । स्थानीय हेमन्त शर्मा र मोहन बस्नेतसँग दुई कठ्ठा जमिन भाडामा लिएर रोपिएको बिरुवाले लटरम्मै फल दिएको हो ।

उत्पादन हुनसक्ने सम्भाव्यता अध्ययन गर्नका लागि परीक्षण उत्पादन सफल भएपछि खेती विस्तारको तयारी थालिएको छ । फल पाकेर खान योग्य भएसँगै यसको स्वाद परीक्षण गरिएको छ । युरोपमा उत्पादन भएको फलसँग स्वाद, रङ र आकारमा फरक छैन देवकोटाले भन्नुभयो । माघ १५ गतेदेखि विराटनगरस्थित सेन्ट्रल महलबाट बिक्री गर्ने तयारी गरेको छु । विराटनगरमा उत्पादन भएको स्ट्रबेरीलाई हिमालयन बेरी ब्राण्डमा बिक्री गरिने भएको छ । समिरा एग्रोटेक प्रालि अन्तरगत रहेको यो ब्राण्डको बेरी प्रतिकेजी छ सय रुपियाँमा किन्न पाइने बताइएको छ ।staberi
विराटनगरमा दुई हजार दुई सय र धरानमा पनि खेति शुरु गर्नुभएका देवकोटाले एक हजार आठ सय बिरुवा रोपेको जानकारी दिनुभयो । अमेरिकन र उरुग्वेन प्रजातिको स्ट्रबेरीले वैशाखसम्म फल दिने आशा युवा कृषक देवकोटाको छ । चार हजार बिरुवाबाट तीन हजार दुई सय क्विन्टल उत्पादन हुने आशा राखेको छु, देवकोटाले भन्नुभयो । एक बोटले छ सय ग्राम उत्पादन दिने सङ्केत देखाएको छ, कुनै प्राकृतिक समस्या थपिएन भने २० लाख आम्दानी लिन्छु, लागत चार लाख मात्रै छ । तराईमा भदौ अन्तिम र असोज दोस्रो हप्तासम्म रोप्नु उचित हुने बताइन्छ । रोपेको छ हप्तामा फुल्ने र आठौँ हप्तादेखि फल लाग्न थाल्ने गर्दछ । यो फलको ७५ प्रतिशत भाग रातो भएपछि टिपेर बिक्रीका लागि बजारमा पु¥याउनुपर्ने हुन्छ भने टिपेको दुई दिनसम्ममा खाइसक्नु राम्रो मानिन्छ ।
सप्तरीबाट काठमाडौँ अध्ययनका लागि जानुभएका देवकोटाले बीएस्सीएजी उत्तीर्ण गर्नुभएको छ । त्यसपछि अमेरिकास्थित यूनिभर्सिटी अफ फ्लोरिडाबाट किट विज्ञानमा एमएससी गरेको जानकारी दिनुभयो ।

अहिले बालीको विशेषता बिपरीत रहेको मौसममा उसको उब्जनीको अध्ययन गरिरहेको छु । स्ट्रबेरी तराईमा उत्पादन हुनसक्छ कि सक्दैन अध्ययन त्यहीँ केन्द्रित छ, देवकोटाको भनाइ छ ।

काठमाडौँ, पोखरामा यही प्रजातिको स्ट्रबेरीको खेती गर्न सकिने टेवकोटाको दावी छ । यस अगाडि नुवाकोटको ककनीमा जापानी प्रजातिको स्टबे«री उत्पादन थालिएको थियो । अमेरिकासम्म पुगेर अध्ययन थालेका कृषकले नेपालमै हुनसक्ने कृषिको अध्ययन गर्नका लागि देखाएको दृढता युवा तथा शैक्षिक बेरोजगारका लागि नमुना बन्न सक्छ । -गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्