सुन्दरहरैंचामा राखेप सदस्य सचिवद्वारा ब्याडमिन्टन हलको उदघाटन

सुन्दरहरैंचामा राखेप सदस्य सचिवद्वारा ब्याडमिन्टन हलको उदघाटन

बिराटचौक माघ ३ ।

मोरङको सुन्दरहरैंचा ८ सलकपुरमा १० कठ्ठा जमिनमा निर्माण गरिएको कभर्डहलको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले उदघाटन गरेका छन । 

करिव २ करोड ५० लाखको लागतमा बनाईएको ब्याडमिन्टन हलमा दुई ब्याडमिन्टन कोर्टका साथै स्टेज निर्माण गरिएको छ । कभर्डहलको उदघाटन गदै सदस्य सचिव बिष्टले सरकारले एक निर्वाचन क्षेत्रका एक खेल ग्राम निर्माण गर्ने नीति रहेको भन्दै हल निर्माण मात्र ठुलो कुरा नभई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गरेमा मात्र त्यसको सार्थकता रहने बताए ।

उनले यस्ता उदाहरणिय कार्यलाई राष्ट्रिय खेलकुद परिषदले सदा सहयोग गर्ने समेत बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्