दिमागमा छिरेको फलामको टुक्रा बिराट नर्सिङ होमले सहजै निकाल्याे

दिमागमा छिरेको फलामको टुक्रा बिराट नर्सिङ होमले सहजै निकाल्याे

बिराटनगर, ३ माघ । मोरङको विराटनगर अस्पताल प्रालि (बिराट नर्सिङ होम) का न्यूराे सजर्न डा. आलोक देवले एकजना बिरामीको टाउको भित्र छिरेकाे ४ x ३ सेमिकाे फलामकाे टुक्रा शल्यक्रिया मार्फत निकाल्न सफल भएका छन्  ।  बिरलै रुपमा यस्ता शल्यक्रिया सफल हुने गरेका बेला डा.देवले  बिरामीको सफल शल्यक्रिया गर्न सफल भएकाे बताए । भारतको छत्तपुर सुपौलका २५ बर्षिय एमडी साजिदलाई सफल शल्यक्रिया मार्फत उनले नयाँ जीवन दिने काम डाक्टर देवले दिएका हुन् ।  पुस २२ गते थ्रेसरको फलामकाे टुक्रा उछिट्टिएर उनको टाउकोमा लागेको थियो । टुक्राटुक्रा भएको फलाम उनको दिमागमा पुगेको अबस्थामा उनलाई  विराट अस्पतालमा ल्याईएको थियो । उनको सफल उपचारपछि उनलाई माघ २ गते डिस्चार्ज गरिएको डा.देवले बताए  । यस्ता घटना कमै मात्रामा सफल हुने केश मध्येकाे एक  भएकाे डा देवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्