विराटनगरका सरसफाई कर्मचारी माथि कुटपिट, हातपात गर्ने ब्यक्ति पक्राउ पछि रिहा

विराटनगरका सरसफाई कर्मचारी माथि कुटपिट, हातपात गर्ने ब्यक्ति पक्राउ पछि रिहा

प्रेम देवान ।
विराटनगर, ३ माघ । विराटनगरको फोहोर मैला व्यवस्थापन गर्ने जिम्मा पाएको वेस्ट मेनेजमेन्ट कम्पनी प्रालि जेभीका कर्मचारी माथि हातपात हातपात भएको छ । हातपात गर्ने ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले विराटनगर २ का ४० बर्षिय महेश साहलाई नियन्त्रण लिई अनुसन्धान सुरु गरेको हो । वेस्ट मेनेजमेन्ट कम्पनी प्रालि जेभीका कर्मचारी २८ बर्षिय शिकन्दर मरिकलाई बुधबार विहान नयाँ ग्राहक बनाउने क्रममा हातपात गरिएको प्रहरीले जनाएको छ ।

विराटनगर ७ को पुरानो डिएसपी मार्गमा साहले संचालन गर्दै आएको चिया पसलमा ग्राहक बनाउन पुगेका मरिकमाथि हातपात भएको हो । फोहोर संकलन गर्ने बिषयमा ग्राहक बनाउनको लागि मरिक त्यहाँ पुगेका थिए। साहले आफुमाथि हातपात तथा गालीगलौज गरेको मरिकको आरोप छ । ‘मैले ग्राहक बन्नु पर्छ भनेर चिया पसलका महेश जी सँग भनेको थिएँ, मरिकले भने, ‘पैसा नतिर्ने भन्दै म माथि हातपात भयो ।’
वेस्ट मेनेजमेन्ट कम्पनी प्रा.लि.जेभीका कर्मचारी मरिकको टाउकोमा गम्भिर चोट लागेको छ । उनको हाल कोशी अञ्चल अस्पतालमा उपचार भईरहेको । उनको टाउकोमा गम्भिर चोट लागेका कारण सिटीस्यान गरी चिकित्सकको निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।
पक्राउ परेका साहलाई घाईते मरिकको उपचार खर्च व्याहोर्ने र आगामी दिनमा यस्तो गल्ती नगर्ने सर्तमा छाडिएको वडा प्रहरी कार्यलयका डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्