विराटनगरको व्यस्त बजारमा पानीपुरी र चट्पटे बेच्न बिद्यार्थी पुगेपछि(भिडियाे रिपाेर्ट)

विराटनगरको व्यस्त बजारमा पानीपुरी र चट्पटे बेच्न बिद्यार्थी पुगेपछि(भिडियाे रिपाेर्ट)

प्रेम देवान ।
विराटनगर, ३ माघ । विराटनगरको व्यस्त बजार बुधहाट चोक वि– प्लटको खाली मैदानमा विहिवार एक हुल विद्यार्थीहरुको जमात देखियो । चट्पटे र पानीपुरी आम मानिसलाई बेच्न भ्याई नभ्याई, अनी कोही काटुनको बक्स लिएर उभिएका देखिन्थे ।
आखिर विद्यार्थीहरु किन चटपटे बेच्न बाध्य भए त? त्यहाँ आउने जो कोहीको मनमा कौतुहलता देखिथ्यो । ‘खुकुरीलाई के थाहा अचानोको पिर’ भने झैँ, बिद्यार्थीको पिडामा बिद्यार्थीले नै साथ दिँदै थिए । विराटनगरको मोर्डन एरा स्कुल कक्षा १० मा अध्ययनरत ज्योती भण्डारीको उपचारर्थ विद्यार्थीहरु यसरी रकम संकलनको लागि चटपटे र पानीपुरी बेच्न सक्रिय थिए ।
आर्थिक अबस्था कमजोर भई उपचार गर्न नसकेर छटपटाईरहेको बेला उनी जस्तै विराटनगरका केही विद्यार्थीहरु भेला भई ती विद्यार्थीको उपचार खर्च जुटाउन लागि परेका हुन् ।
मस्तिकको नसा सुकेर प्यारालाईसिस हुन पुगेकी ती छात्राको उपचार अहिले विराटनगरको नोवेल अस्पतालमा भईरहेको छ । तर उनको आर्थिक अवस्था नाजुक भएका कारण उपचार गर्न ढिलाई भएपछि सामाजिक सेवाभावका साथि बिद्यार्थी सडकमा उत्रिएका हुन् । बिद्यार्थी आफैँले केही रकम संकलन गरी चटपटे अनि पानी पुरी बेच्नका सामान खरिद गरेका थिए ।
चटपटे र पानी पुरी बेचेर आएको रकम उपचार खर्चमा प्रयोग गर्ने पेरिस सुबेदीले बताए । उनीहरु बाटोमा हिड्ने बटुवाहरुसँग उपचार खर्चको लागि भन्दै आर्थिक रकम याचाना गरिरहेका थिए । मनकारी भएका ब्यक्तिले उनीहरुले बोकेको डब्बामा रकम पनि हालिदिन्थे । त्यति मात्र नभई उनीहरुले विराटनगरमा रहेका हरेक पसल – पसलमा पुगेर आर्थिक रकम जुटाईरहेका थिए । अस्पतालको शैयाबाट उपचार खर्चको आग्रह गरेकी बिद्यार्थीलाई बिद्यार्थीका सहयोगी हातहरुको लागी सबैको साथको खाँचो छ ।

https://www.facebook.com/ourbrt/videos/329600851227438/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्