उच्च अदालत विराटनगरद्वारा एसएसपी खत्री र डंगोललाई थुनामै राख्ने आदेश

<span class='c1'>उच्च अदालत विराटनगरद्वारा एसएसपी खत्री</span> <span class='c2'>र डंगोललाई थुनामै राख्ने आदेश</span>

विराटनगर, ३ माघ । उच्च अदालत विराटनगरले करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका विवादस्पद एसएसपी श्यामबहादुर खत्रीलाई थुनामै राख्ने आदेश दिएको छ।  उच्च अदालतमा मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल र न्यायाधीश जनक पाण्डेको इजलासले विवादास्पद एसएसपी श्यामबहादुर खत्री र नेपाल एयरलायन्सका कर्मचारी अमरमान डंगोललाई बिहीवार थुनामै राख्न आदेश दिएको हो।

विवादास्पद छविका खत्रीले  त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा ड्राइभर बिष्णुबहादुर खड्का र सहयोगी अमरबहादुर थापा मगरलाई प्रयोग गरी चूडामणि उप्रेती गोरेको समूहले दुवईबाट भित्राएको सुन एयरपोर्टबाट कटाउने काम गरेका थिए। खत्रीले एयरपोर्टबाट सुन कटाए वापत प्रतिकिलो ४६ हजार रुपैयाँ लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। डंगोलले भने  एयरपोर्टमा भित्रिएको सुन पास गराउन सहयोग गरेको प्रहरी अभियोगमा खुलेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्