कोशी कोरिडोर विवाद : प्राविधिक उपसमितिको स्थलगत अध्ययन

<span class='c1'>कोशी कोरिडोर विवाद :</span> <span class='c2'>प्राविधिक उपसमितिको स्थलगत अध्ययन</span>

धरान, ४ माघ ।  कोशी कोरिडोर विवाद समाधान गर्न गठित सुझाव समिति अन्तर्गतको प्राविधिक उपसमितिले मंगलवारदेखि स्थलगत अध्ययन शुरू गरेको छ । मानव बस्तीलाई असर गर्ने भन्दै धरान–२० का स्थानीयले कोशी कोरिडोर २२० केभीए प्रसारण लाइन स्थानान्तरणको माग गर्दै आएका छन् ।

गत शनिवार प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले स्थलगत अध्ययन गरी छलफलपश्चात् विवाद समाधान गर्न सुझाव समिति गठन गरेका थिए । मूल समितिको सोमवार बसेको बैठकले प्राविधिक अध्ययन गर्न ४ सदस्यीय उपसमिति गठन गरेको थियो ।

साहसिक प्याराग्लाइडिङ बाहेक त्यसक्षेत्रमा स्थानीयवासीले भनेजस्तो मानव वस्ती वा विद्यालयलाई असर पर्ने नदेखिएको उपसमितिका एक सदस्यले बताए । समितिले चिण्डे डाँडा माथिको टोड्के, सुलिकोट स्कुल, भिसि पार्क नजीक २ ओटा टावरसँगै मंगलबारे भञ्ज्याङ सडकमा भएको टावर निर्माणस्थलमा पनि स्थलगत अध्ययन गरेको छ । प्याराग्लाइडिङको ल्याण्डिङ हुने सर्दु खोला क्षेत्रमा पनि उपसमितिले अध्ययन गरेको छ ।

समितिले सय मेगावाट बिजुलीको लागि सबस्टेशन बनाइदिने प्रस्तावको ठाउँ पनि अध्ययन गरेको उपसमितिका रामप्रसाद राईले बताए । उपसमितिका अनुसार प्याराग्लाइडिङलाई जोगाउन एउटा मात्र टावर सार्दा मात्र पनि हुँदैन । यद्यपि, वस्तुस्थितिसहित विकल्प पनि दिन उपसमितिले प्रतिवेदन तयार पार्नेछ ।
टोड्के नजीकको टावर यथावत् राखेर चुलिकोट स्कुलबाट कोकाह हुँदै हाल निर्माण भइरहेको सर्दु खोला पश्चिमको टावरमा जोड्न सकिने विकल्प हुनसक्ने प्राविधिक उपसमितिको भनाइ छ । उपसमितिमा आयोजना, परामर्शदाता र धरान उपमहानगरका इन्जिनीयर तथा प्याराग्लाइडिङका पाइलट रामप्रसाद राई सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्