बेचिएकी किशाेरीकाे दिल्लीबाट उद्दार, बेचविखनमा संलग्न धरानका सन्ताेष पक्राउ

<span class='c1'>बेचिएकी किशाेरीकाे दिल्लीबाट उद्दार, बेचविखनमा</span> <span class='c2'>संलग्न धरानका सन्ताेष पक्राउ</span>

विराटनगर, ४ माघ । भारतको दिल्लीमा बेचिएकी धरानकी एक १६ वर्षीया किशोरीको उद्धार भएकाे ५ छ । भारतस्थित नेपाली दूतावासको पहलमा माइती इण्डिया र दिल्ली प्रहरीसमेतको सक्रियतामा बेचिएकी चेलीको उद्धार गरी नेपाल ल्याइएको हो । बिक्री गर्नमा संलग्न धरान–१७ का ३१ वर्षीय सन्तोष राईलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । पुस १६ गते बेचिएको भन्दै पीडित किशोरीको दाजुले दिएको निवेदनको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । दूताबासको पहलमा दिल्ली प्रहरीसहित नेपाल प्रहरीले पुस २४ गते उद्धार गर्न सफल भएको थियो भने पुष २९ गते नेपाल ल्याइएको थियो ।

बेचविखनमा संलग्न राईलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारबाही अगाडि बढेको इप्रका धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । राईलाई पुस ३० गते पक्राउ गरिएको थियो । पीडित परिवारले राईविरुद्ध केन्द्रीय अनुसन्धान व्यूरोमा किटानी जाहेरी दिएका थिए । जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको धरान प्रहरीले जनाएको छ । ब्लाष्ट खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्