विराटनगरका सञ्चारकर्मी कुमोद, रोशन र टीका सम्मानित हुने

विराटनगरका सञ्चारकर्मी कुमोद, रोशन र टीका सम्मानित हुने

विराटनगर, ४ माघ । पत्रकारहरुको आर्थिक हित र समग्र उन्नतीका लागि स्थापित सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले तीन जना शेयर सदस्यलाई सम्मान गर्ने भएको छ । संस्थाको बिहीबार बसेको बैठकले उत्कृष्ट वचतकर्ताको रुपमा कुमोद अधिकारी र रोशन बुढाथोकी एवम् असल वचतकर्तामा टीका भूजेललाई सम्मान गरिने निर्णय गरेको हो । उनीहरुलाई संस्थाको यही  माघ २२ गते हुने सातौ साधारणसभामा सम्मान गरिने सचिव महाप्रसाद खतिवडाले बताए ।
२०६९ सालमा स्थापित सञ्चार सहकारीमा हाल १०३ सदस्य छन् । यस भन्दा अगाडि उत्कृष्ट वचतकर्ताको रुपमा तारा आचार्य, ललिता भट्टराई, शान्ति दाहाल र असल ऋणीका रुपमा शंकर लुइटेल, अनुजलाल कर्ण, तेजेन्द्र दाहाल सम्मानित भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्