कोलम्बियामा कार बम विस्फोटमा ९ जनाको मृत्यु, ३८ जना घाइते

कोलम्बियामा कार बम विस्फोटमा ९ जनाको मृत्यु, ३८ जना घाइते

कोलम्बिया,  ४ माघ । कोलम्बियाको राजधानी बोगोटामा भएको कार बम विस्फोटमा परि ९ जनाको मृत्यु भएको छ भने अन्य ३८ जना गम्भीर घाइते भएका छन् । घटनाको कोलम्बियाको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । बोगोटा सहरको दक्षिणी भागस्थित एक पुलिस क्याडेट स्कुलको बाहिर विस्फोट भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार तेज गतिमा आएको एक कारलाई चेक प्वाइन्टमा सुरक्षाकर्मीले रोक्न खोज्दा ड्राइभरले कारको गति बढाएपछि पर्खालमा ठोक्किएको थियो । ठोक्किएलगत्तै कार विस्फोट भएको थियो । राष्ट्रपति इवान ड्यूकले घटनाले आफुलाई गम्भीर बनाएको भन्दै हिंसाको सामु कोलम्बिया नझुक्ने बताएका छन् । बोगोटा सहरका मेयर पेनालोसाले हमलाको निन्दा गर्दै यसलाई आतंकवादी आक्रमण भएको बताए ।

यद्यपि, घटनामा कुन समूहको संलग्नता छ भनेर खुल्न सकेको छैन । कोलम्बियामा दशकौंदेखि सरकार र फार्क विद्रोहीबीच गतिरोध रहिआएको छ । स्थानीय संचारमाध्यमका अनुसार विगत ९ बर्ष यता कोलम्बियामा यस प्रकारको विस्फोट भएको थिएन । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्