अष्ट्रेलियामा सिकेको सिपले नेपालमा गाईपालन गर्दै राम र सागर

अष्ट्रेलियामा सिकेको सिपले नेपालमा गाईपालन गर्दै राम र सागर

दश वर्षअघि नेपालबाट अष्ट्रेलिया गएका स्याङ्जा निवासी राम केसी र सागर वगालेले त्यहाँको दुग्ध उद्योगमा मासिक रु आठ लाखसम्म आम्दानी गर्थे। उनीहरुले अष्ट्रेलियाको वाल्चा डेरी फार्ममा काम गर्दा बचत गरेको पैसाले चितवनको माडी नगरपालिकास्थित वडा नं १ पाण्डवनगरमा सोही डेरीको सिको गर्दै गाई फार्म सञ्चालनमा ल्याएका छन्।

उनीहरुले ३६ करोड रुपैयाँको लगानीमा गाई फार्म सुरु गरेका हुन् । उनीहरुले गाई फार्मको लागि आवश्यक पर्ने भौतिक संरचना निर्माण तथा घाँस खेतीसमेत शुरु गरिएको छ ।

फार्मका सञ्चालक केसीका अनुसार अष्ट्रेलियाली प्रविधिको उपकरणसहित आधुनिक फार्म निर्माण गर्ने कामलाई अगाडि बढाइएको छ । उनले भने, “अष्ट्रेलियाको हावापानी नेपालसँग मिल्दोजुल्दो छ । वाल्चा गाई फार्मकै सिको गर्दै माडीमा फार्म बनाउन लागेका छौँ ।”

उत्पादित दूधलाई आफ्नै फ्याक्ट्रीमा दूधजन्य परिकार बनाइने छ । माडीका अन्य कृषकको दूध पनि फार्मले खरिद गर्छ, सञ्चालक केसीले भने, “दूधका परिकारलाई देशमा मुख्य शहरमा निर्यात गर्छौ । यसले विदेशी दूधजन्य परिकारको आयतलाई कम गर्ने छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्