प्रदेश १ मा अधिकृत र नायव सुब्बास्तरको जागिर खुल्यो , यस्तो छ माग !

प्रदेश १ मा अधिकृत र नायव सुब्बास्तरको जागिर खुल्यो , यस्तो छ माग !

करार नियुक्तिका लागी ७०५ अधिकृत र ४८ नायव सुब्बास्तरको लागि जागिर खुलेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत करार नियुक्तिको लागि अधिकृत र नायव सुब्बास्तरको गरि ७५३ जनाको कोटाका लागि आवेदन खुलाइएको हो।

२१ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको व्यक्तिले शुक्रबारदेखि १५ दिनसम्म प्रधानमन्त्री कार्यलयको वेवसाइटबाट आवेदन सकिने छ । आवेदनमा कम्प्युटर, मल्टिमिडिया, स्क्यानर र प्रिन्टरको ज्ञान भएको व्यक्ति खोजिएको छ।

सरकारले संविधानप्रद युवालाई रोजगार नभए निर्वाहाभत्ताको व्यवस्था कार्यान्वयन गर्न प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्न थालेको हो। जसअनुसार १० हजारभन्दा कम जनसंख्या भएको स्थानीय तहमा नायब सुब्बा र १० हजार भन्दा बढी जनसंख्या भएको स्थानीय तहमा अधिकृत तहको रोजगार सूचना केन्द्र नियुक्त गर्न थालेको हो।

प्रदेश अनुसार यसरी छुट्याइएको छ कोटा :

प्रदेश १- १३० जना अधिकृत र सात जना सुब्बा

प्रदेश २- १३६ अधिकृत

प्रदेश ३- ११२ जना अधिकृत ७ जना नायब सुब्बा

गण्डकी प्रदेश- ७४ जना अधिकृत र ११ जना नायब सुब्बा

प्रदेश ५- १०९ जना अधिकृत

कर्णाली प्रदेश- ६२ जना अधिकृत र १७ जना नायव सुब्बा

सुदूरपश्‍चिम प्रदेश- ८२ जना अधिकृत र ६ जना नायव सुब्बा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्