उच्च अदालत विराटनगरका न्यायाधीशको काज सरुवा पछि पेशी रोकियो

<span class='c1'>उच्च अदालत विराटनगरका  न्यायाधीशको</span> <span class='c2'>काज सरुवा पछि पेशी रोकियो</span>

विराटनगर, ४ माघ ।
काठमाडौ न्याय परिषदमा सुन काण्डको बिषयमा चर्चा भईरहँदा बिहिवार उच्च अदालत बिराटनगरमा सुनकाण्डमै बहस हुँदै थियो । सुनकाण्डको बहस गर्दै गरेको केही वकिल अनी निर्णय दिन पर्खिएका न्यायाधिशलाई पनि न्याय परिषद बस्दै छ भन्ने चै थाहा थियो । तर हरेक बिहिवारलाई उर्लावारीका सनम शाक्य हत्या तथा सुनको चोरी पैठारी सम्बन्धि सुनुवाई हुने दिन तोकिएकोले बिहिवार त्यही बिषयमा सुनुवाई भएको हो । सुनुवाई भईरहेको बेलामा करिब ४ बजेतिर न्यायाधिशको काज सरुवा भएको पत्र सहितको जानकारी उच्च अदालत बिराटनगरलाई प्राप्त भयो । काज सरुवा भएका न्यायाधिशको बहस हुँदै गरेको ईजलाश स्थगित भयो अनी अन्य ईजलाशमा न्याय सम्पादन चलिनै रह्यो ।
बिहिवार नै उच्च अदालतमा मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल र न्यायाधीश जनक पाण्डेको संयुक्त ईजलाशले सुन तस्करी प्रकरणमा मुछिएका विवादस्पद एसएसपी श्यामबहादुर खत्री र नेपाल एयरलायन्सका कर्मचारी अमरमान डंगोललाई थुनामै राख्न आदेश दियो । तर काज सरुवामा परेका न्यायाधिशहरु नागेन्द्र लाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल मध्ये कतिपयको ईजलाश चल्दै थियो भने कतिपयको सकिएको थियो । पत्र आएपछि ईजलाशमा मुद्दाको सुनुवाई गर्दै गरेका न्यायाधीहरुको सुनुवाई स्थगित भएको श्रोत बताउँछ ।
कर्मचारीका अनुसार, दिउँसो ४ बजे तिर काज सरुवाको जानकारी आएको थियो । कतिपय अबस्थामा यसरी जानकारी आउने बितिकै बहस मै भएका न्यायाधीश विवादमा पर्ने डरले आफ्नो सुनुवाई स्थगित गर्ने परम्परा अनुसार श्रीमानहरुले बहस चलेकै बेलामा ईजलास स्थगित गर्ने गर्छन् ।
काज सरुवा पछि पेशी रोकियो
न्याय परिषदबाट पत्र आएपछि काज सरुवामा परेका न्यायाधीशहरु नागेन्द्र लाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल कसैको ईजलाशमा पेशी तोकिएको छैन । काजको पत्र पाएसँगै उनीहरुलाई पेशी नतोकिने अदालत प्रशासनले जनाएको छ । उच्च अदालतका शाखा अधिकृत मणीराम पौडेलले श्रीमान्हरुको काज सरुवाको पत्र आएपछि पेशी नतोकिएको बताए । उनकाअनुसार आज काज तथा सरुवा नभएका न्यायाधीशहरुको मात्र पेशी तोकिएको छ ।
फैसला सहीगर्न १० दिन लाग्ने
काज सरुवा भएका न्यायाधीश सम्बन्धित तोकिएको ठाउँ हाजिर हुन जान अझै १० दिन लाग्ने भएको छ । यस अघि किनारा लागेको मुद्दा फैसलाको पुर्णपाठ तयार पारेर सही गर्न समय लाग्ने भएकोले १० दिन बढी लाग्नसक्ने अनुमान गरिएको छ। सबै न्यायाधीशहरुको करिब १५०को हाराहारीमा फैसला सही गर्न बाँकी रहेको अदालत प्रशासनले जनाएको छ । तर एकिन बिववरण संकलनकै चरणमा छ ।
‘जति चाँडो फैसला तयार पार्न सक्यो उति नै श्रीमानहरु चाँडो जानुहुन्छ, शाखा अधिकृत पोखरेलले भने, अहिले सही गर्ने फैसलाको संख्या तयार पार्ने काम भईरहेको छ, कति फैसला सही गर्न बाँकी छ त्यसैको आधारमा कतिदिन लाग्ने भन्ने तय हुन्छ ।’
यी न्यायाधीश आउँदै
सुनकाण्डसँग जोडिएका न्यायधिशलाई कार्वाही स्वरुप काज सरुवामा परेका उच्च अदालत बिराटनगरका ५ जनाको न्यायाधीशको ठाउँमा ४ जना न्यायाधीश आउने भएका छन् । उच्च अदालत पाटनका न्याधीश रामप्रसाद अधिकारी, शेखरप्रसाद पौडेल, उच्च अदालत तुल्सीपुरका न्यायाधीश महेश शर्मा पौडेल र अस्थायी ईजलाश बिरगंजका न्यायाधीशलाई लेखनाथ घिमिरे उच्च अदालत बिराटनगरमा काज सरुवा गरिएको छ ।
काज सरुवा भएका न्यायाधीशले फैसला सही गरेर सकेपछि मात्र जाने हुँदा आउने न्यायाधीशले पनि आफ्नो फैसलाको पुर्णपाठमा सही गरृेर मात्र आउने हुँदा यो प्रक्रिया सकिन करिब १० दिन लाग्ने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्