विराटनगर, ४ माघ । मोरङको बुढिगंगा गाउँपालिका-६ कडेरुवामा खाना पकाउने क्रममा सारीमा आगो लाग्दा १ महिला घाईते भएकी छिन् । आज बिहान ८ बजे चुलोमा खाना पकाईरहेकी २७ बर्षीया कल्पना चौधरीको अचानक सारीमा आगो लाग्दा शरिरका बिभिन्न भाग जली घाईते भएकी हुन् । घाईतेको हाल बिराटनर्सिङ होम बिराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।