झापा, ४ माघ । झापाको शिवसताक्षी नगरपालिका-५ मा १८ महिने बालकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । आज दिउँसाे गोपाल ताजपुरियाको १८ महिने छोरा टंक प्रसाद ताजपुरीया आफ्नै घरको कल नजिक रहेको खाल्डोकाे पानीमा डुबेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । खाल्डाेकाे पानीमा डुबिरहेको अवस्थामा बालक आफन्तले फेला पारेपछि तत्काल उद्धार गरी उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाकाे बारेमा थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।