धरानमा चाैथो पानवारी भलिवल रनिङ कप आयोजना हुने

धरानमा  चाैथो पानवारी भलिवल रनिङ कप  आयोजना हुने

धरान,  ४ माघ । धरान उपमहानगरपालिका वडा नं ६ पानवारीमा आउँदो माघ ७ गतेदेखि चौथो पानवारी भलिवल रनिङ कप २०७५ आयोजना हुने भएको छ । पानवारीको सिमल चौरी स्थित खेल मैदानमा माघ ७ गतेबाट सुरु भई माघ १२ गतेसम्म प्रतियोगिता चल्ने आयोजक सयपत्री बोइज युनियन क्लबका महासचिव केदार बस्नेतले शुक्रबार पत्रकार सम्मेलन मर्फत जानकारी दिए ।

प्रतियोगितामा १२ टिम सहभागी हुने पक्का भएको जानकारी आएको छ भने च्याम्पियनले नगद ७५ हजार सँगै रनिङ सिल्डको रुपमा ३० तोला बराबरको चाँदीको ट्रफी पनि पाउँनेछ । उपविजेताले ४१ हजार पाउनेछ । प्रतियोगितामा आयोजक सयपत्री बोईज युनियन क्लब सँगै १ नं प्रदेश प्रहरी बिराटनगर, नेपाल आर्मी इटहरी, झापा टाइगर, डुम्राहा क्लव रामधुनी, भोजपुर भलिवल क्लब, याङशिला युवा भलिवल टिम मोरङ, डाँडा बजार भलिवल क्लब धनकुटा सहभागी हुने क्लवले जनाएको छ ।

यस्तै, इलामको फुङनाम स्पोटिङ क्लब, चमैता गाउँपालिकाको टिम र सशस्त्रको एपि एफ पकलीको टिमले पनि सहभागिता जनाउने छन । उत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट स्पाइकर, उत्कृष्ट लिफटर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट खेलाडीलाई जनही १० हजार पुरस्कार पाउँनेछन् । साथै प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीले जनही नगद ५ हजार पुरस्कार पाउँनेछन् ।

प्रतियोगिताको पहिलो सँस्करण त्रिवेणी युवा क्लब मोरङ भएको थियो भने दोस्रो सँस्करणमा डुम्राहा भलिवल क्लब र तेस्रो सँस्करणको विजेता १ नं प्रदेश प्रहरी रानी विराटनगर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्