साढे ३३ किलो सुन प्रकरण : विराटनगरका मुख्य न्यायाधीशमाथि पनि गोप्य अनुसन्धान !

<span class='c1'>साढे ३३ किलो सुन प्रकरण : विराटनगरका</span> <span class='c2'>मुख्य न्यायाधीशमाथि पनि गोप्य अनुसन्धान !</span>

विराटनगर, ४ माघ । साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा विराटनगर उच्च अदालतका मुख्य न्यायाधीशसमेत छानबिनको दायरमा तानिएका छन् ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको निर्देशनमा मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलमाथि गोप्य रुपमा छानबिन थालिएको हो ।  साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र सनमको हत्या प्रकरणमा गलत नियतका साथ न्याय सम्पादन गरेको भन्दै प्रधानन्यायाधीश राणाको निर्देशनमा ५ जना न्यायाधीशमाथि छानबिन शुरु भइसकेको छ ।

प्रधानन्यायाधीश राणाकै निर्देशनमा न्याय परिषद सचिवालयले विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश भुर्तेलमाथि पनि गोप्य रुपमा छानबिन शुरु गरेको हो । ‘तल्लो स्तरका न्यायाधीशमाथि अनुसन्धान हुँदा मुख्य न्यायाधीशको भूमिकाबारे पनि स्वाभाविक रुपमै प्रश्न उठ्छ,’ न्याय परिषदका एक अधिकारीले भने, ‘प्रन्याज्यूकै निर्देशनमा अहिले उहाँ (मुख्य न्यायाधीश भुर्तेलको)को भूमिकाबारे पनि अनुसन्धान शुरु भएको छ ।’

साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लावारीका सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले पुर्पक्षमा पठाएका अभियुक्तमध्ये केहीलाई उच्च अदालतले धरौटी र साधारण तारेखमा रिहा गरेको थियो ।न्यायाधीशहरु नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, सारङ्गा सुवेदी, उमेशराज पौडेल र उमेश कुमार सिंहले गलत नियत राखी सुन काण्डका अभियुक्तलाई धरौटी र साधारण तारेखमा रिहा गर्ने आदेश दिएको भन्दै न्याय परिषदमा उजुरी परेको थियो । सोही उजुरीको अनुसन्धानका लागि ५ जनालाई काजमा तानिएको हो ।

परिषद स्रोतका अनुसार सुन काण्डको मुद्दामा जारी आदेशमा मुख्य न्यायाधीश भुर्तेलको भूमिका रहेको भन्दै उजुरी परेको छ । परिषदका अध्यक्ष (प्रधानन्यायाधीश राणा)लाई सम्बोधन गरेर परेको उजुरीमाथि छानबिन शुरु भइसकेको स्रोतको दावी छ । ‘सुनकाण्डका सम्बन्धमा उच्च अदालत बिराटनगरबाट जारी भएका आदेश र उक्त प्रकरणको मिसिल झिकाएर अनुसन्धान गर्ने भन्ने छलफल चलिरहेको छ,’ न्याय परिषद स्रोतले  भन्यो, ‘त्यसमा कैफियत देखिए कारबाही प्रक्रिया अगाडि बढ्छ ।’ साभार : लोकान्तर डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्