दुहवी नगरपालिकामा दुई दिने पत्रकारीता तथा उद्घोषण तालिम शुरु

<span class='c1'>दुहवी नगरपालिकामा दुई दिने पत्रकारीता</span> <span class='c2'>तथा उद्घोषण तालिम शुरु</span>

अकबर अलि। 
दुहवी ४ माघ । दुहवी नगरपालिकामा दुई दिने पत्रकारीता तथा उदघोषण तालिम शुक्रवार देखी शुरु भएको छ । दुहवी नगरपालिका वार्ड नं ५ स्थित श्री सरस्वती माविमा साझेदारी नेपाल सुनसरीको आयोजना र दुहवी नगरपालिका वडा नम्वर ६ को सहयोगमा दुई दिने पत्रकारिता तथा उदघोषण तालीम सुरु भएको हो । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका दुहवी नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष मुन्ना हलुवाईले दुहवी नगरपालिकामा युवा,यूवतीलाई लक्षित गरी दिएको पत्रकारिता तालिमले विकासको कार्यहरु बाहिर ल्याउन सक्ने बताए ।

इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक रामनारायण माझी, प्रेस मञ्च नेपाल १ नम्वर प्रदेशका संयोजक चन्दन रौनीयार, सशस्त्र प्रहरी बल दुहवीका ईन्चार्ज लोक बहादुर बस्नेत, सरस्वती मावि दुहवीका प्रधानअध्यापक नगेन्द्रलाल देव, सुनसरी सामुदायिक अस्पताल प्रालिका संचालक सन्तोष कुमार सिंह, कोचिला एफ एमका स्टेशन मेनेजर संजय चौधरीले मन्तब्य राखेका थिए।
दुई दिने पत्रकारिता तालिममा संचारकर्मी जयकृष्ण यादवले पत्रकारीता र उद्घोषण सम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिनेछन् । दुई दिने पत्रकारिता तालिममा नगरपालिकाका विभिन्न ३५ जना युवा, यूवतीहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्