सिकार खेल्न गएका साथीको बन्दुक पड्किँदा मृत्यु हुँदा अर्का साथी प्रहरी फन्दामा

<span class='c1'>सिकार खेल्न गएका साथीको बन्दुक पड्किँदा</span> <span class='c2'>मृत्यु हुँदा अर्का साथी प्रहरी फन्दामा</span>

ताप्लेजुङ, ४ माघ ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-४ इखाबुमा सिकार खेल्न जाँदा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। डिँडिरहेको अवस्थामा साथीले बोकेको बन्दुक एक्कासी पड्किँदा लागेको गोलीले सोही वडाका ३७ वर्षीय देवीकुमार लिम्बुको मााघ १ गते मृत्यु भएको प्रहरीले जनाएको छ।

भरुवा बन्दुक बोक्ने  सुरेन्द्र तामाङ पक्राउ परेका छन्। बन्दुकसहित पक्राउ परेका तामाङलाई शुक्रबार जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान  अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संजयसिंह थापाले बताए।  प्रहरी प्रमुख थापाका अनुसार दुवैजना माघे सक्रान्तिका दिन मानाभरा हिमालको फेदीमा सिकार खेल्न गएका थिए। ‘लोड गरेको बन्दुक पड्किँदा छर्राले लागेर घटनास्थलमै देवीपकुमारको मृत्यु भएको हो,’ थापाले भने, ‘तामाङले बोकेको बन्दुक  हातबाट खुस्किएर ढुंगामा ठोक्किदा पड्किएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।’  लिम्बुको शव जिल्ला अस्पतालमा पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्