सप्तकोशी विकास बैंक र कावेली विकास बैंक गाभिने घाेषणा

सप्तकोशी विकास बैंक र कावेली विकास बैंक  गाभिने घाेषणा

विराटनगर, ४ माघ ।  सप्तकोशी विकास बैंक र कावेली विकास बैंक आगामी साउन महिनादेखि गाभिने भएका छन् । विहिबार विराटनगरमा दुई बैंक अध्यक्ष सप्तकोशीका तारानाथ निरौला र कावेलीका गोपालप्रसाद काफ्लेबीच सहमती पत्रमा हस्ताक्षर भएको छ । एक नम्बर प्रदेशकै सबैभन्दा ठुलो विकास बैंक बनाउने उदेश्य सहित बैंक गाभिएको सप्तकोशी विकास बैंकका अध्यक्ष निरौलाले बताए । बैंक गाभिएपछि बैकको नाम सप्तकोशी रहने छ । दुवै बैंकको संयुक्त पुजी करिब ८१ करोड छ । सप्तकोशीको ५२ करोड ३७ लाख र काबेलीको करिव २८ करोड पुँजी रहेको छ ।   शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरि बैंकले गाभिने घोषणा गरेका हुन् ।

सप्तकोशीले हाल ५ वटा जिल्ला र कावेलीले दुई जिल्लामा सेवा पुर्याउदै आएको छ । सबै १४ जिल्लामा साखा खोल्ने लक्ष्यका साथ अघि बढेको बताउदै निरौलाले केही दिन भित्रै बैंकको ३५ वटा शाखा पुर्याउने  जानकारी दिए। दुई वर्षभित्र बैंकको पुँजी १ अर्व २० करोड पुर्याउने योजना रहेको  बताए । बैंकमा करिव २ सय कर्मचारी छन् । धनकुटामा केन्द्रीय कार्यालय र विराटनगरमा कर्पाेरेट कार्यालय राख्नेगरि दुई बैंकबीच सहमती भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्