प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्विजरल्यान्ड जाने

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्विजरल्यान्ड जाने

काठमाडौँ, माघ ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले स्विजरल्यान्डको डाबोसमा विश्व आर्थिक मञ्चको बैठकमा हुने आफ्नो सहभागिताबारे प्रतिनिधिसभालाई जानकारी दिनुभएको छ । पहिलोपटक सहभागी हुन लागेको नेपालले मञ्चलाई देशको इज्जत र प्रतिष्ठा बढाउने विषयमा उपयोग गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । त्यस बैठकमा सहभागी हुन आइतबार प्रधानमन्त्री स्विजरल्यान्ड प्रस्थान गर्नुहुने कार्यक्रम छ ।

उक्त फोरमलाई नेपालले आफ्ना उपलब्धिबारे र आवश्यकताबारे जानकारी दिने गरी उपयोग गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो ‘पहिलोपटक सहभागी हुन लागेको नेपालले आफ्ना आवश्यकता बताउने र नेपालको अवस्था जनाउने कामप्रति केन्द्रित हुनेछ । मुलुकको प्रतिष्ठाका लागि सजगताका साथ सहभागिता हुनेछ ।’

फोरममा पहिलो पटक नेपाललाई सहभागी हुन बोलाइनु नेपालले प्राप्त गरेको प्रगतिमा दुनियाँको चासो भएको उहाँले बताउनुभयो । नेपालको द्वन्द्व व्यवस्थापनलाई अन्य मुलुकले सकारात्मक रुपमा हेरेको बताउनुहुँदै उहाँले नेपाल विश्वको सानो मुलुक, पछौटे मुलुकको परिभाषामा नभई विश्व मानचित्रमा विभिन्न कोणबाट हेर्नलायक रुपमा स्थापित भइरहेको बताउनुभयो ।
सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले २२ जनबरीमा स्टाटे«जिक आउटलुक अन साउथ एसियामा आफ्नो धारणा राख्नुहुनेछ । यस्तै, २३ जनबरीमा प्रधानमन्त्री ओलीले सेपिङ दि फ्युचर अफ डेमोक्रेसीका विषयमा धारणा राख्नुहुनेछ । सत्रमा कोलम्वियाका राष्ट्रपति तथा अर्मेनियाका प्रधानमन्त्री पनि सहभागी हुनुहुनेछ । सो सत्रमा फाइनान्सियल टाइम्स र न्युयोर्क टाइम्सका सम्पादक पनि सहभागी हुने प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

जनवरी २४ मा उहाँले जी–२० का देशका प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम छ । सो सत्रको साइडलाइनमा देशका नेता तथा विजनेस लिडरहरुसँग पनि छलफल हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँ यही माघ १२ गते फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्