सिरहामा प्रहरीको गोली लागेर एक जना घाइते

सिरहामा प्रहरीको गोली लागेर एक जना घाइते

सिरहामा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । प्रहरीले चलाएको एक राउण्ड गोली दाहिने हातमा लागेर सिरहा नगरपालिका,९ का २९ वर्षीय प्रमोद यादव घाईते भएका हुन् ।

सिराहाको सीमा क्षेत्रमा हातहितयारको कारोबार भइरहेको सुचनाको आधारमा हतियारधारी ब्यक्तिलाई पक्राउ गर्न सिरहा प्रहरी टोली खटीएको थियो । टोलीले सुरक्षा जाँच गर्ने क्रममा सिरहा नगरपालिका, १५ सुपचौनीमा उनलाई फेला पारेको थियो ।

प्रहरीलाई देख्नेबित्तिकै उनले पेस्तोल निकालेको र जवाफी कारबाहीमा गोली चलाएको प्रहरीको भनाइ छ । उनको साथबाट मोटरसाइकल १ थान तथा कटुवा पेस्तोल १ थान बरामद गरिएको छ । प्रहरीका अनुसार उनीमाथि हातहतियार खरखजना मुद्दामा अनुसन्धान हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्