इलाम जाँदै गरेको रात्री बसलाई ट्रकले ठक्कर दियाे, तीन जनाको घटनास्थलमै मृत्यु

इलाम जाँदै गरेको रात्री बसलाई ट्रकले ठक्कर दियाे, तीन जनाको घटनास्थलमै मृत्यु

सर्लाही, ५ माघ । सर्लाहीको ईश्वरपुरमा रात्री बसलाई ट्रकले ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट इलामका लागि जाँदै गरेको ना. ४ ख ९७५४ नम्बरको बसलाई गएराति ना. ५ ख ७१२९ नम्बरको ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इलाम सुल्बुङ–७ का गोविन्द साउदेन, सुनसरीको इटहरी उपमहानगरपालिका–१६ की विनिता राई र पर्साको वीरगन्ज उपमहानगरपालिका–१९ का रहिम मियाँ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा नुवाकोटको विदुर नगरपालिका–१३ का दावा तामाङ, झापाको अर्जुनधारा–६ का राजेन्द्र खतिवडा र उदयपुर कटारी–१ का दीपक अधिकारी घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्