नागरिक लगानी कोषको भवनमा आगलागी

नागरिक लगानी कोषको भवनमा  आगलागी

काठमाडाैँ, ५ माघ । नागरिक लगानी कोषको भवनमा शनिबार दिउँसो आगलागी भएको छ। कोषको भवन ब्लक नम्बर ‘डि’ को पहिलो तलामा आगलागी भएको हो। आगलागीको यकिन कारण खुल्न बाँकी छ। विद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। आगलागीबाट भएको क्षतिको विवरण आएको छैन। आगलागी नियन्त्रणका लागि दुइटा दमकलबाट पानी हालिएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पानी हालेर आगो नियन्त्रणमा लिइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्