शनिवारीय विशेष : विराटनगरमा एकपछि अर्को सांगीतिक कार्यक्रम, हट डान्सर आउने

शनिवारीय विशेष : विराटनगरमा एकपछि अर्को सांगीतिक कार्यक्रम, हट डान्सर आउने

प्रेम देवान ।
विराटनगर, ५ माघ । बिराटनगरमा पछिल्लो समय एकपछि अर्को सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना भइरहेका छन् । विराटनगरमा रहेका विभिन्न संघसस्था तथा होटल तथा रेष्टुराहरुले नाम चलेका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थितमा विभिन्न कार्यक्रम गरि रहेका छन् । विराटनगरमा पुन अर्को अन्तराष्ट्रिय स्तरका कलाकारको उपस्थितीमा सांगीतिक कार्यक्रम हुने भएको छ ।
विराटनगर ७ मा रहेको मिष्ट्री डान्स गाईजको आयोजनामा बिराटनगरमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको ‘अन्तराष्ट्रिय म्युजिक फेष्टी २०१९’ हुने भएको छ । सहन्सा इन्टरनेसनलको स्पोन्सरमा आयोजना हुने कार्यक्रम आगामी माघ १६ गते हुने आयोजकले जनाएको छ ।
पहिलो पटक विराटनगर आउन लागेकी आईटम डान्सर राखी सावन्तको प्रस्तुति हेर्न अत्याधिक दर्शक आउने अनुमान गरिएको छ । बिराटनगरको गोपाल फन पार्कमा आयोजना हुन लागेको कार्यक्रममा ईन्डियन आईडल २०१७ की फेम मानसी भारद्धाज पनि आउने भएकी छिन् । साथै नेपाली गायिका साईमा श्रेष्ठ र विराटनगर अधिकांस डान्स सेन्टरका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
सुमित खड्काको एकल साँझ
विराटनगरका गायक सुमित खड्काको एकल साँझको तयारी तिब्र पारिएको छ । आगामी माघ १८ गते विराटनगर स्थित वीरेन्द्र सभा गृहमा खड्काको एकल साँझ हुन लागेको हो ।
देशभक्ति गीत प्रस्तुत गरेर चर्चा कमाएका गायक खड्काले राष्ट्रिय भावनका गीतहरू प्रस्तुत गर्ने छन् । ‘अहिलेसम्म २ दर्जन बढी राष्ट्रिय गीत समावेश भएको एल्वमहरू बजारमा ल्याई सकेका खड्काले १ सय भन्दा बढी राष्ट्रिय भावनाका गीतमा आफ्नो स्वर दिईसकेका छन् ।
गायक खड्काले एकल साँझमा दुई दर्जन बढी गीत प्रस्तुत गर्ने तयारी गरेका छन् । ‘महानगरपालिकामा राष्ट्रिय गीतको एकल साँझ अहिलेसम्म भएको छैन,’ उनले भने, ‘एकल साँझमा राष्ट्रिय भावनाले भरिएको गीतबाट छुट्टै मनोरञ्जन दिनेछु ।’ एकल साँझकोलागि यतिबेला खड्का व्यस्त रहेका छन् । सम्पुर्ण कार्यक्रममा अनलाईन मिडिया पार्टनर आवर – विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्