सप्तरीको कञ्चनरुपमा हात्तीले कुल्चिदा एक महिलाको मृत्यु

सप्तरीको कञ्चनरुपमा हात्तीले कुल्चिदा एक महिलाको मृत्यु

राजविराज, ५ माघ ।  जंगली हात्तीले घर भत्काउन थालेपछि भाग्न लाग्दा सप्तरीमा एक महिलाको ज्यान गएको छ।  कोशी टप्पु वन्य जन्तु आरक्षबाट आएको हात्तीले सप्तरीको कञ्चनरुप नगरपालिका-११ बस्ने कौशल्यादेवी मण्डलको टाउकोमा कुल्चिदा उनको शनिबार मृत्यु भएको हो।

जंगली हात्तीले आक्रमण गरेको हल्ला सुनेर टर्च बाल्दै भागेकी नन्दकिशोर मण्डलको श्रीमति कौशल्यादेवीलाई हात्तीले लखेटेर कुल्चिएको स्थानीय वासीले बताएका छन्। इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी निरीक्षक प्रतिक विष्टका अनुसार बिहान २ बजे गाउँ पसेको हात्तीले उनको टाउकोमा किचेपछि तत्कालै मृत्यु भएको हो।

सप्तरीमा पछिल्लो समय जंगली हात्तीको आतंक बढेपछि स्थानीयवासी त्रसित जीवन बिताइरहेका छन्। कोशी टप्पु वन्यजन्तु आरक्षका हात्ती, अर्ना, बँदेल लगायतका वन्यजन्तुले उत्तर–पूर्वी भेगस्थित भारदह, कञ्चनपुर, फत्तेपुर, ओद्राहा, कमलपुर, धरमपुर, घोघनपुर, जगतपुर, रुपनगर, पोर्ताहा, बरमझिया, वैरवा, हनुमाननगर, जोगिनिया, ठेलिया, महुलीलगायत ठाउँका जनता पीडित हुँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्