भाेजपुरमा अल्ट्रा धाविका राईको सम्मानमा ३६ किलोमिटर ‘ट्रेल रेस’

भाेजपुरमा अल्ट्रा धाविका राईको सम्मानमा ३६ किलोमिटर ‘ट्रेल रेस’

भोजपुर, ५ माघ ।  भोजपुरको पूर्वी दक्षिणी सानोदुङमामा जन्मिएकी अल्ट्रा धाविका मीरा राईको सम्मानमा भोजपुरमा चौँथो भोजपुर 'ट्रेल रेस' हुने भएको छ। अल्ट्रा धाविका मिरा राईको सम्मानमा भोजपुरबाट सानोदुम्मा र सानोदुम्माबाट भोजपुर ३६ किलोमिटरको चौथो ट्रेल रेस फागुन ४ मा हुने भएको हो। फागुन ४ मा हुने ट्रेल रेसमा युके, सिंगापुर, फ्रान्स, हङकङ, दुई  युरोपियनस् गरी ८ देशका खेलाडी सहभागी हुने भएको नेपाल ट्रेल मेनेजर प्रिती खत्रीले बताइन्।

रेसमा आठ देशसँगै नेपालका ३०० खेलाडी सहभागी हुने खत्रिले बताइन्। चौँथो ट्रेल रेस मीराको इच्छा अनुसार यो ट्रेल रेसलाई इन्टरनेश्नल व्राण्ड बनाउने, इन्टरनेश्नल खेलाडीलाई ल्याउने र भोजपुरमा पनि ट्रेल रेसको इन्टरनेश्नल स्तरीय रेस गराउने उद्देश्यका साथ उक्त रेसको आयोजना गरेको रिमाचुङ स्पोटर्स एजुकेशन एकेडेमीका अध्यक्ष पाविहाङ राईले बताए। पछिल्लो समय सडक संजालको नाममा जिल्लामा भएका पद मार्गहरू ध्वस्त पारेको कारण ट्रेल सेर गराउन पदमार्गको अभाव भएको र रेसको लागी पदमार्ग भने टुंगाे लागि नसकेको अध्यक्ष राईले भनाइ छ। यस्तै २० वटा देशमा रेस सम्पन्न गरिसकेकी मिरालेआगामी वर्ष भोजपुरमा अन्तर्राष्ट्रिय स्तरको व्यवस्थित ट्रेल रेस गराउने योजना रहेको बताईएको छ। रिमाचुङ स्पोर्ट्स एजुकेशन एकेडेमीको भोजपुरमा वर्षमा तीन वटा रेस गराउने लक्ष्य राखेको  एकेडेमीका अध्यक्ष राईले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्