विराटनगरको सत्यनारायण विद्यालयको नयाँ प्रयास, पढाईकाे खासाे राख्ने अभिभावकलाई सम्मान

<span class='c1'>विराटनगरको सत्यनारायण विद्यालयको नयाँ प्रयास, पढाईकाे</span> <span class='c2'>खासाे राख्ने अभिभावकलाई  सम्मान</span>

विराटनगर, ५ माघ । बिराटनगर ५ माघ बिराटनगर स्थित पुरानो सत्यनाराण माध्यमिक बिद्यालयल छोराछोरीको पढाईमा नियमित चासो दिने अभिभावक सहित बिभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । बिद्यालयको ६६ औ बर्षिक उत्वसको अवसरमा शनिवार आयोजित बिशेष कार्यक्रममा छोराछोरीको पढाइएको अवस्थाबारे निरन्तर चासो दिने अभिभावक जया सहनी , मनोजकुमार पण्डित , बिनोदप्रसाद शाह र कुबेरबहादुर आले मगर राधेश्याम सरन सहित बिभिन्न क्षेत्रका ब्यक्तिलाई सम्मान गरेको हो ।

बिद्यालयको पठनपाठनमा बिशेष चासो दिने शिक्षकहरु सुभाष ओली र लोकनाथ नेपाल अनि कर्मचारी मिलकुमार कामतसँगै कक्षा ११को बोर्ड परिक्षामा उत्कृष्ट हुने बिद्यार्थी प्रतापसिँह राठौर र १२ की साफिया तवस्सुमलाई नगद सहित सम्मान गरेको हो ।
विद्यालयले पत्रकारिता पढेका पुर्व बिद्यार्थी पत्रकार महासंघ मोरङका सचिव अर्जुन आर्चाय र पुर्व बिद्यार्थी तथा बिद्यालयका शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष नयाँपत्रिका दैनिकका गणेश लम्साललाई सम्मान गरिएको हो ।
सबैलाई बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पुरस्कृत र सम्मान गरेका थिए । उनले सामुदायिक बिद्यालयको अबस्था सुधार गर्न महानगरपालिकाका लागिपरेको बताउँदै राजनीति गर्ने शिक्षकहरु बिरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए । बार्षिकोत्सव कार्यक्रमा नेकपाका नेता गुरु बराल , शिक्षा समन्वय समिति मोरङका प्रमुख राजेन्द्र बुढाथोकी सहित बिद्यालय व्यवस्थापन समिति र अभिभावक संघका पदाधिकारी र पुर्व बिद्यार्थीहरु समेत सहभागी थिए ।
बिस २००४सालमा स्थापना भएको सत्यनारायण माबिमा हाल पत्रकारिता , कानून , शिक्षा , व्यवस्थापन र ईन्जिनियरिंग बिषयको पठनपाठन हुदै आएको छ । कक्षा ६ देखी १२ सम्म पठनपाठन हुने यो बिद्यालयमा हाल १४ सय बिद्यार्थी अध्यनरत रहेको र अँग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन भैरहेको प्राधानअध्यापक धर्मानन्द खरेलले बताए । बर्षिकोत्वस कार्यक्रममा बिद्यार्थीहरुले कवाज प्रर्दशन गर्ने , आफुले बनाएका डोजर र पानी तान्ने पम्म प्रर्दशनगर्नेदेखी बिभिन्न गीत , नृत्य र कलाहरु प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्