अन्तर विद्यालय स्तरीय निवन्ध प्रतियोगिता विराटनगरमा सम्पन्न

अन्तर विद्यालय स्तरीय निवन्ध प्रतियोगिता विराटनगरमा सम्पन्न

विराटनगर, ५ माघ ।
रोटरी क्लव विराटनगरले आयोजना गरेको अन्तर विद्यँलयस्तरीय निबन्ध प्रतियोगितामा नरग्राम मावि बूढीगंगाकी छात्रा अस्मिता कटवाल प्रथम भएकी छन् । प्रतियोगितामा विराटनगरका नमूना माविका सत्यम पाठक द्वितीय, सेन्टजोसेफ माविकी एलिशा शाह तृतीय र सत्यनारायण माविका मौसम विश्वकर्माले सान्त्वना पुरस्कार पाएका छन् ।
बढ्दो बालहिंसा नियन्त्रण तथा सचेतनाका लागि विराटनगर महानगरपालिका र आसपासमा रहेका विद्यालयबीच ‘बाल हिंसा र न्यूनीकरण’ विषयमा निवन्ध प्रतियोगिता गराइएको थियो । विजयी विद्यार्थीलाई एक समारोहबीच शनिबार नगदसहित सम्मान गरिएको छ । उनीहरुलाई रोटरी डिस्ट्रिक नेपाल–भुटानका पूर्व गभर्नर बासुदेव गोल्यानले प्रथम,द्वितीय, तृतीय र शान्त्वना हुने विद्यार्थीलाई नगद क्रमशः १५ हजार, १० हजार, पा“च हजार र दुई हजार नगद र प्रमाणपत्र एवम् उत्कृष्ट तीन विद्यालयलाई शील्ड प्रदान गरिएको छ ।
रोटरी क्लव विराटनगरले विभिन्न विद्यालयका विद्यार्थीबीच शुक्रबार लिखित परीक्षा लिएर सोको आधारमा उत्कृष्ट छानिएको क्लवका अध्यक्ष बद्री कटवालले बताए । पहिलो चरणमा विद्यँलयभित्र नै ‘बाल हिंसा र न्यूनीकरण’ विषयमा निवन्ध प्रतियोगिता गरी उत्कृष्ट भएकाबीच अन्तर विद्यालयस्तरीय लिखित परीक्षा एकैस्थानमा राखेर गराइएको थियो । विद्यालय भित्रका विद्यार्थीबीच भएको प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने विद्यार्थीलाई पनि शनिबार नै पदक तथा प्रमाणपत्र दिइएको छ ।
शनिबार भएको पुरस्कार वितरण समारोहमा बोल्दै रोटरी डिस्ट्रिक नेपाल–भुटानका पूर्व गभर्नर गोल्यानले रोटरीले विभिन्न सेवाका कार्य गर्दै आएको र निवन्ध प्रतियोगिता पनि यस अन्तर्गतको एउटा पाटो भएको बताए । रोटरी डिस्ट्रिक अफिसर सुरेन्द्र गोल्छाले देशमा भएको निरक्षतालाई निर्मूल पार्न एवम् आधुनिक शिक्षालाई प्रभावकारी, भरपर्दो, प्रविधिमैत्री बनाई सबैको पहुंचमा पु¥याउन रोटरीले इ–लनिङ सेवालाई अभियानकै रुपमा लगेको बताए । कार्यक्रममा रोटरियन कमल अग्रवाल, प्रदेश शिक्षा निर्देशनालय धनकुटाका उपसचिव बाबुराम पोखरेल, शिक्ष्ँक सोम नेपाल, पुष्पमणि रिजाल, विद्यार्थी ज्योती राई एवम् विजयी विद्यार्थीहरुले निवन्ध प्रतियोगिताले विद्यार्थीको ज्ञानलाई निखार्ने काम गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्