सहिद परिवारलाई प्रदेश २ सरकारले दियाे रोजगारी-पत्र

सहिद परिवारलाई प्रदेश २ सरकारले दियाे रोजगारी-पत्र

सिरहा, ५ माघ ।  तीन चरणको मधेस आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारलाई प्रदेश सरकारले रोजगारी-पत्र दिएको छ। सिरहाको लहानमा शनिबार प्रदेश सरकारको आयोजनामा भएको १२ औँ बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकारले ४६ सहिद परिवारलाई रोजगारी-पत्र र ७७ घाइतेलाई राहत स्वरुप आर्थिक सहायता दिएको हो। कार्यक्रममा सहिद परिवार र घाइतेलाई सम्मानसमेत गरिएको छ। पत्रमा प्रदेश सरकारले ‘एक परिवार एक रोजगार’ कार्यक्रम लागेको सन्दर्भमा सहिद परिवारलाई मुख्यमन्त्री कार्यालयमा सम्पर्क गर्न भनेका छन्। प्रदेश सरकारबाट यसअघि १२ सहिद परिवार २२ जना घाइतेले सुविधा पाइसकेका छन्।

गत वर्ष फोरम-राजपाको प्रदेश २ मा सरकार गठन भएपछि मन्त्री परिषद्को पहिलो बैठकले मधेस आन्दोलनमा सहिद भएका परिवारमध्ये एकजनालाई रोजगार दिने निर्णय गरेको थियो। त्यो निर्णय ११ महिनापछि कार्यान्वयन गरेका छन्। मधेस आन्दोलनका ७७ घाइतेलाई २५ हजारदेखि ३ लाखसम्मको आर्थिक सहायता दिएका छन्। कार्यक्रममा घाइते भएका केही व्यक्तिको नाम समावेश नभएको कुरा उठ्दा यसपटक छुट भएका घाइतेलाई पछि आर्थिक सहायता प्रदान गरिने मुख्यमन्त्री राउतले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्