विराटनगरमा बालक्लबको सक्रियतामा न्यानो कपडा वितरण

<span class='c1'>विराटनगरमा बालक्लबको सक्रियतामा</span> <span class='c2'>न्यानो कपडा वितरण</span>

विराटनगर, ६ माघ ।
महानगरपालिका स्तरीय बालक्लबले विराटनगरका विपन्न, अशक्तलाई न्यानो कपडा वितरण गरेको छ । क्लबले विराटनगर महानगरपालिका भित्रका विभिन्न मन्दिर परिसरमा बसेर मागेर गुजारा चलाइरहेका गरीब, विपन्न परिवार सहितका बालबालिकालाई न्यानो कपडा वितरण गरेको अध्यक्ष श्यामकृष्ण गुप्ताले जानकारी दिए ।
विराटनगरका विभिन्न विद्यालयबाट विद्यार्थीहरुको सहयोगमा न्यानो कपडा संकलन गरी वितरण गरिएको गुप्ताले बताए । यस्तै बालक्लबले पूर्वाञ्चल बाल आश्रममा महिनाबारी सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ भने प्याड पनि वितरण गरिएको क्लबले जनाएको छ । यस अगाडि पनि क्लबले विभिन्न विद्यालयमा स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्र्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्