संघीय समाजवादीले मनायो, विराटनगरमा बलिदानी दिवस

<span class='c1'>संघीय समाजवादीले मनायो,</span> <span class='c2'>विराटनगरमा बलिदानी दिवस</span>

विराटनगर, ६ माघ ।
संघीय समाजवादी फोरम नेपालले मधेश आन्दोलनका क्रममा शहादत दिएकाहरुको सम्झनामा विराटनगरमा बलिदानी दिवस मनाएको छ । फोरम नेपालले रानी सिमा नाकास्थित मधेश आन्दोलनका शहिद मोहम्मद बेचन मियाँको शालिकस्थलमा श्रद्धान्जली सभाको आयोजना गर्दै बलिदानी दिवस मनाएको हो ।

सो क्रममा शहिद मियाँको शालिकमा माल्यार्पण गर्नुका साथै मौन धारण गर्दै श्रद्धान्जली अर्पण गरिएको थियो । सोही ठाउँमा आयोजित श्रद्धान्जली सभामा संघीय समाजवादी फोरम नेपाल प्रदेश नम्बर १ संसदीय दलका नेता जयराम यादवले मधेशी, आदिवासी, मुस्लिमलगायत विभेदमा पारिएका समुदायहरुको हकअधिकार पुर्णरुपमा सुनिश्चित गर्न सकिएमात्र शहिदहरुको सपना साकार हुने बताए । उनले आफ्नो पार्टी सरकारमा सहभागि भएर बांकी रहेका हकअधिकार सुनिश्चित गर्न प्रयासरत रहेको बताउनुभयो ।
संघीय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादव, समाजवादी लोकतान्त्रिक ट्रेड युनियनका सहअध्यक्ष योगिलाल यादवलगायतले विगतमा भएका सहमतिअनुसार संबिधान संशोधन नभए आन्दोलनमा जाने चेतावनी दिए । २०६३ साल माघ ५ गते सिरहाको लहानमा विद्यार्थी रमेश महतोले शहादत प्राप्त गरेको दिनलाई फोरम नेपालले बलिदानी दिवसका रुपमा मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्