बिराटनगरमा मेरिल्याण्डले गर्यो अभिभावक अन्तरक्रिया , केक काटेर अनुभब साटासाट

बिराटनगरमा मेरिल्याण्डले गर्यो अभिभावक अन्तरक्रिया , केक काटेर अनुभब साटासाट

बिराटनगर माघ ६ ,

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालनमा रहेको बिराटनगरस्थित मेरील्याण्ड कलेज विराटनगरले अभिभावकसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बेलायतको युनिभरसिटी अफ वाल्भरह्याम्टनको स्नातक तह (बिबिएम) स्वदेशमै सञ्चालनमा ल्याएको उक्त कलेजमा शुक्रबार आयोजित कार्यक्रममा कलेजमा पढिरहेका विद्याथीका अभिभावकसंग कलेजमा पढाइ हुने कोर्ष ,कलेजले बिद्यार्थीका निम्ति ल्याएका बिभिन्न रोजगारी मेला , बेलायत , थाइल्याण्ड भ्रमण , बिद्यार्थीले कलेजमा पालना गर्नुपर्ने नियम लगायतबारे अन्तरक्रिया आयोजना गरिएको थियो  ।

कलेजका तर्फबाट प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्ले , बिबेक दाहाल , सम्झना कार्की , प्रो. डा बैदेश चन्द्र लाल दास , विभस ढुंगाना लगायतले अन्तरक्रिया तथा अभिमुखीकरणलाई सहजीकरण गरेका थिए ।

बिद्यार्थीलाई मात्रै नभई अभिभावकको समेत बिद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न भूमिका रहेको सहजीकरणमा सामेल बक्ताहरुले बताएका थिए ।

करिब २ सय अभिभावकको उपस्थिति रहेको उक्त कार्यक्रममा कलेजले सुरु गरेको अभिभावक साक्षात्कार कार्यक्रमले अभिभावक , बिद्यार्थी र कलेजबीचको समझदारी अझ प्रगाड बनाई बिराटनगरलाई उच्च शिक्षाको लागि शैक्षिक हब बनाउन सकिने उपस्थित अभिभावकले विचार राखेका थिए ।

साथै , अन्त्यमा अभिभावकहरुले केक काटेर कार्यक्रमको समापन गरेका थिए ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री  सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा हाल मेरिल्याण्ड कलेज बिराटनगर , इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं , इटहरी इन्टरनेसनल कलेज ,इन्फोर्म्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्