प्रदेश १ का मुख्यमन्त्री राईले भने , ‘गणतन्त्र विरोधीहरुले चलखेल गर्न थाले’

<span class='c1'>प्रदेश १ का मुख्यमन्त्री राईले भने</span> <span class='c2'>, ‘गणतन्त्र विरोधीहरुले चलखेल गर्न थाले’</span>

विराटनगर, ६ माघ ।
प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र विरोधीहरुले चलखेल गर्न थालेको बताएका छन् । सहिद रत्नकुमार वान्तवाको स्मृतिमा मोरङको पथरीशनिश्चरेमा आयोजित राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले गणतन्त्रविरोधी तत्वहरुले चलखेल सुरु गरेको बताए ।
उनले जनताको रगत र पसिनाबाट प्राप्त गणतन्त्रविरुद्ध लाग्नेहरुको भविष्य नभएको जिकिरसमेत गरे । उनले पूर्व राजाले चलखेल बढाएको प्रसंग उल्लेख गर्दै त्यसखाले गतिविधिलाई जनताले परास्त गर्दै लोकतन्त्र बलियो बनाउने दाबी गरे । मुख्यमन्त्री राईले बुद्धिचाल खेलले अग्रगतिको कार्ययोजना बनाएर स्वभाविक गतिमा हिड्न दिमागी स्वच्छता प्रदान गर्ने ठहर गर्दै अस्वभाविक गतिमा हिड्नेहरु पराजित बन्ने उल्लेख गरे । कार्यक्रममा नेपाल बुद्धिचाल संघका केन्द्रीय अध्यक्ष एकलाल श्रेष्ठले बुद्धिचालको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्