जहदाको हनुमान आधारभुत बिद्यालयका असहाय बालबालिकालाई न्यानो कपडा बितरण

जहदाको हनुमान आधारभुत बिद्यालयका असहाय बालबालिकालाई न्यानो कपडा बितरण

विराटनगर, ६ माघ ।
रोटरी क्लब अफ विराटनगर डाउन–टाउनले मोरङको जहदा गाउँपालिका–५ स्थित हनुमान आधारभूत विद्यालयका अति विपन्न असहाय बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । क्लबले विद्यालयका १ सय ५० जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो । संस्थाकी अध्यक्ष अनिता सोनीलगायतको टोली विद्यालयमा पुगी बालबालिकालाई न्यानो कपडा वितरण गरेको थियो । संस्थाले यसअघि पनि शिक्षा अभियान कार्यक्रम सञ्चालन गरेको थियो ।
गत वर्षको बाढीको समयमा उद्धार, युवाहरुको क्षमता विकासलगायतका सामाजिक कार्य गर्र्दै आएको क्लबकी अध्यक्ष सोनीले बताईन् । कपडा वितरण कार्यक्रममा क्लबकी सदस्य सरीता गोल्छा, मुक्ता तोदी र जसमिन मण्डल लगायतले आगामी दिनमा पनि विद्यालयका बालबालिकालाई गुणस्तरीय शिक्षाका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्