मोटरबाटो निर्माणपछि कञ्चनजंघा हिमालको आधारशिविरतर्फ जाने पर्यटकलाई समस्या

मोटरबाटो निर्माणपछि कञ्चनजंघा हिमालको आधारशिविरतर्फ जाने पर्यटकलाई समस्या

तेह्रथुम, ६ माघ ।
तेह्रथुमको वसन्तपुरवाट संखुवासभाको गुफा हुँदै विश्वको तेस्रो हिमश्रृङखला कञ्चनजंघा हिमालको आधारशिविरतर्फ जाने पर्यटकलाई समस्या हुन थालेको छ ।
पदमार्ग मासेर सरकारले धमाधम मोटर बाटो निर्माण गर्न थालेपछि यो रुट भएर ओहोर दोहोर गर्ने पर्यटकलाई समस्या हुन थालेको हो । वसन्तपुरवाट शुरु हुने यो पदमार्ग भएर पर्यटकहरु वर्षेनी कुम्भकर्ण, कञ्चनजंघा र मकालु हिमाल आधार शिविरतर्फ जाने गर्छन् ।
पर्यटकले मन पराउने र उनीहरु हिड्दै आएको पदमार्ग भत्काएर सरकारले मोटर बाटो निर्माण गरीदिए पछि यो पदमार्ग भएर आउने पर्यटकको संख्यामा समेत कमी आएको छ । क्याम्पीङ गरेर बास बस्दै हिड्न पाईने भएकाले पर्यटकहरु यो रुट भएर आउन मन पराउने गरेको पर्यटन व्यवसायी तथा गाईड लाक्पा शेर्पाले बताए ।
पर्यटकका लागि सजिलो र आनन्ददायक मानिएको बसन्तपर, तीनजुरे, चौकी, गुफा, दोभान हुँदै हिमाली वस्ती घुन्सा सम्मको पदमार्गमा मोटर वाटो निर्माण भैरहेको छ । यस क्षेत्रको पर्यटन विकासका लागि छुट्टै पदमार्गको पहिचान गरी निर्माण नगरे प्रदेश नम्वर १ को पर्यटन व्यावसायमा नराम्रो असर पर्ने पर्यटन व्यवसायिहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्